Zj]tsfnL -g/b]jL_ gfrM

श्वेतकालीको नाच अमर मल्लको पालामा प्रारम्भ भएको ऐतिहासिक दस्ताबेज रहेको पाइएको छ ।

श्वेतकाली (नरदेवी) सम्बन्धि अनुश्रुतिहरुः

श्वेतकालीको प्रादुर्भावबारे केहि रोचक अनुश्रुतिहरु सुन्न पाईन्छ जुन यसप्रकार छन् ।

  1. परापूर्वकालमा हालको नरदेवी टोल र यसको वरिपरि जङ्गलैजङ्गल थियो । एक दिन बनेपाका राजा शिकार खेल्न भनी पश्चिमतिर लागे । साँझपख राजा आफ्नो लश्करबाट छुट्टिई बाक्लो बनमा एक्लिना पुगे । राजा त्यसबेला हालको हिसाबले किलागल टोलको पूर्वी भागमा पुगेका रहेछन् । त्यस्तैमा झमक्क साँझ हुने बेला भयो। रात बिताउने ठाउँ खोज्दै जाँदा यतिकैमा एउटा अजङ्गको हात्ति आफुतिर हान्निदै आएको देख्यो । ज्यान जाने डरले राजा हुत्तिंदै पश्चिमतिर दौडिए जाने क्रममा बाटामा एउटा कदम्बवृक्षमुनि सेतो उज्यालो बत्ति एकनास बलिरहेको देखे । बत्तिको अगाडि पुगेपछि शरणका लागि राजा त्यहिँ घोप्टए । लखेट्दै आएको हात्ती फरक्क फर्किई जताबाट आएको हो त्यतैतिर लाग्यो । यसरी राजाको प्राण जोगियो । त्यो सेतो बत्तिनैं श्वेतकाली माईको प्रादुर्भाव थियो । कदम्बवृक्षको ठुटो यद्यपि कालीको मूर्तिपछाडि अझैपनि रहेको छ ।यसैगरी जङ्गलको अवस्थामा छँदा हालको किलागलक्षेत्र ‘किसि लाय् गः’ (जङ्गली हात्ति पक्रिने गढ) तयो भन्ने कुरो पानि सनिन्थ्यो। ‘किसि लाय् गः’ बाट बर्तमान किलागल नाउँ बन्न गएको हुन सक्दछ । अहिले पनि किलागल टोलमा एक तलामाथी हात्तिकै स्वरुपमा गणेशको प्राचीन मन्दिर विद्यमान छ । गणेशको यो मूर्ति माथि उल्लिखित हात्तिको प्रतिक हुन सक्छ ।
  2. परापूर्वकालमा नेपाल देशमाथि एक प्रचण्ड दैत्यको आक्रमण भयो । राजाको केही सीप लागेन । देवीभक्त राजाले एक रात अनन्यमनस्क भई सहायतार्थ देवीको पुराका गरे। सपनामा तीन देवी – महाकाली, महालक्ष्मी र महासरस्वती प्रकट भई राजालाई भने, “हे राजन, धन्दा नमान । त्यस दुष्ट दैत्यलाई हामि तह लगाइदिन्छौं। स्तिथि साम्य भएपछि तिमिले हामी तीन दिदीबहिनीलाइ तीन छुट्टछुट्टै ठाउँमा स्थापित गरिदिनु । पछि राजाले महालक्ष्मीलाई भक्तपुरमा, महासरस्वतीलाई ललितपुरमा र महाकालीलाई कान्तिपुरमा राखेर आवश्यक सबै बन्दोबस्त मिलाइदिए। कान्तिपुरमा स्थापित उनै महाकालीनैं श्वेतकाली हुने भन्ने भनाई छ । श्वेतकाली शान्तिस्वरुपा अन्नदात्री ईश्वरी पनि हुन् र उनको भक्ति गरे दुई छाक खान कठिन पर्दैन भन्ने टोलवासीको विश्वास रहिआएको छ । सुथःमाजुका रुपमा श्वेतकालीले नाच्दै अन्नदान गर्नुहुने दृष्य श्वेतकालीको नृत्यमा प्रस्तुत गरिन्छ । कोहिले सुथमाजुको स्वरुपलाई करुणामय (रातो मच्छिन्द्रनाथ)का रुपमा पनि लिने गरेको पाइन्छ ।
  3. नरदेवीका तुलाधरहरुको खास गरि भोट(तिब्बत)सितको व्यापारमा ठूलो नाउँ थियो । तिब्बतमा हुने व्यापारलाई ‘ल्हासाव्यापार’ र यिनीहरुलाई ‘ल्हासासाहु’ भनिन्थ्यो । श्वेतकाली अजिमा ल्हासाबाट आएकी हुन् भन्ने मान्यता राख्दै यिनलाई तुलाधर समुदायकी इष्टदेवी मान्दथे । आज पनि ल्हासासाहुका वंशजहरुमा यो मान्यता कायमै छ । तर अजिमा कहिले, कुन रुपमा र कस्तो प्रसङ्गमा ल्हासाबाट नेपालआएकी हुन त्यस कुराको अल्लख पाईदैन ।
  4. नरदेवी टोलको साँस्कृतिक इतिहासमा कपर्दार भोटु पाँडेको ठूलो नाउँ छ । भोट(चीन) सित नेपालको लडाइँ (विसं १८४५-४९) मा भोटु यु्द्धबन्दी हुन पुगे । चिहियाँहरुले उनलाई सात ताल्चाभित्र थुने । ज्यान संकटमा परेका श्वेतकालीका परमभक्त भोटु पाँडेले एक रात कालीलाई सम्झिदै दुःखपुकारा गर्दै बन्धनबाट उम्किन पाए विभिन्न कुरा चढाउने भाकल गरे । कालीले उनलाई सपनामा दर्शन दिनुभयो । नभन्दै भोलिपल्ट बिहान निद्राबाट बिउँझिंदा उनले आफुलाई वर्तमान सोह्रखुट्टे पाटिमा पाए ।नेपाल फर्किएपछि उनले सोह्रखुट्टे पाटीको जीर्णोद्वार गराए । यसरी पकनाजोलको सोह्रखुट्टे पाटी नरदेवीको इतिहाससित सम्बद्ध हुन पुगेको देखिन्छ । पछि उनै पाँडेले सोह्रखुट्टे क्षेत्रको सामाजिक-साँस्कृतिक निर्माणमा ठूलो योगदान गरेको कुरा इतिहासमा पाइन्छ ।

 

  • हेरिएका कृतिः नरदेवी टोल एक बहुमुखी परिचयः
मिति २०७४ भाद्र, २८ र २९ गते || इन्द्रचोक डबली, काठमाडौं
  • २०७४-०५-२८ गते नरदेवी मूल द्यछेँ मा हुने सिद्धीपुजा पश्चात दिउँसो करिब ६ बजे साँस्कृतिक बाजागाजा सहित मंगलयात्रा गराई भव्यरुपमा दवीलाई साँझको करिब ८ बजे सम्ममा इन्द्रचोकस्थित पौराणिक डबली ल्याइपुर्याइने छ ।
  • तत् पश्चात बेलुकी ८:३० बजेदेखि राति करिब १ बजेसम्ममा श्रीको पहिलो चरणको सम्पूर्ण देवीनाचकार्य सम्पन्न गरिनेछ ।
  • यसैगरी २०७४-०५-२९ गते बिहान करिब ६ बजेबाट श्री करुणामय (सुथमाजु) को नाच सुरु गर्दै दोस्रो चरणको बिधिवत नाच देखाउने कार्य हुनेछ । साँझको करिब ८ बजेसम्ममा नाचको सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गराई देवीलाई आखामा प्रवेश गराईनेछ ।
  • यसैगरी २०७४-०५-३० गते डबली तथा आखामा बिधिवत पूजा, प्रसाद ग्रहण लगायतको कार्य गरी नाचका सम्पूर्ण कार्यहरु समापन गरिनेछ ।
  • सोहि दिन दिउँसो करिब ५ बजे इन्द्रचोकबाट बिदा भई देवीलाई हुनुमानढोका नासलचोकमा हुने कार्यक्रमको लागि प्रस्थान गराइने छ ।
मिति २०७४, भाद्र ३० र ३१ गते || हनुमानढोकाक, नासलचोक
  • २०७४-०५-३० गते करिब ५ बजे इन्द्रचोकबाट साँस्कृतिक बाजागाजा सहित भव्यरुपमा मंगलयात्रा गराई साँझको करिब ७ बजे सम्ममा हनुमानढोका नासलचोक ल्याइपुर्याइने छ ।
  • सोहि बेकुकी करिब ७:३० बजेदेखि राति १ बजेसम्म श्रीको पहिलो चरणको सम्पूर्ण देवीनाचकार्य सम्पन्न गरिनेछ ।
  • यसैगरी २०७४-०५-३१ गते बिहान करिब ६ बजेबाट श्री करुणामय (सुथमाजु) को नाच सुरु गर्दै दोस्रो चरणको बिधिवत नाच देखाउने कार्य हुनेछ । साँझको करिब २:३० बजेसम्ममा प्रथमचरणको नाचको कार्यक्रमहरु सम्पन्न गराइनेछ ।
  • सोहि दिन दिउँसो ३:०० देखि ५ बजे सम्म सम्माननीय राष्ट्रपतिज्यूको प्रमख आतिथ्यता एवम् का.म.पा मेयर लगायत अन्य विशिष्टहरुको अतिथ्यतामा नासालकोकमा देवीनाच समापन समारोह तथा प्रसाद ग्रहणको कार्यक्रम रहेको छ?
  • त्यसपछि ५ बजे देखी करिब ८ बजेसम्ममा बाँकी रहेका देवीनाचका कार्य सम्पन्न गरि अन्दाजि ९ बजे नासलचोकबाट देवीको फिर्तिसवारी (न्ह्यासु) चलाई पुन: ङतपाचोस्थित मुल द्यछेँ घर ल्याइपुर्यएपछि नाचका सम्पुर्ण कार्य समापन हुने छ ।