20 Sep

यंके स्वायेगु (यम्बाद्यः रथारोहोण)

6:00 am
नरदेवी डबलि, नरदेवी काठमाडौं

येँयाः (इन्द्रजात्रा)को पूर्वसंध्यामा मिति २०७५ असोज ४ गते बुधवारका दिन ङ्यत त्वाः (नरदेवी गुठि)को इन्द्रजात्राको पूर्व तयारीस्वरुप सम्पूर्ण गुठियारहरुको सकृय सहाभागितामा नरदेवी डबलिमा यम्बाद्यः रथारोहण (यंके स्वायेगु) कार्य सम्पन्न भएको छ।

येँयाः (इन्द्रजात्रा) अवधिका विषेश दुईदिन यम्बाद्यः रहेको स्थानमा विधिवत होम पुजा गर्नुका साथै जात्रा अवधिभर ग्वरामत (आकाशदीप) प्रज्वलन गर्ने परम्परा रहेको छ । यसैगरी गणेश, भैरव र कुमारीको रथ यात्राका क्रममा सबै देवीहरुलाई पुजा अर्पण गर्नुका साथै समयबजि प्रसाद बाँढ्ने परम्परा रहेको छ ।

 


यम्बाद्यः रथारोहणका केहि झलकहरुः