16 Sep

१२ वर्षे देवीनाच सम्पन्न

नासल चोक, हनुमानढोका दरवार, काठमाडौं

प्राचिन काठमाडौं उपत्यकामानै विशेष महत्व राख्ने यस नरदेवी टोल (ङ्यत त्वाः) गुठिको प्रमुख धरोहरका रुपमा रहेको श्री श्वेतकाली माईको १२ बर्षे देवीनाच पर्व अन्तर्गत गत मिति २०७४ भाद्र ३० र ३१ गते हनुमानढोका दरवारस्थित नासलचोक डबलिमा अन्तिमचरणको देवीनाच सम्पन्न गरियो । राष्ट्राध्यक्षद्वारा देवीचान अवलोकन तथा प्रसाद ग्रहणगरि सम्पन्न हुने धार्मीक परम्पराअनुसार भाद्र ३१ गते सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा, पुरातत्व विभागका निर्देशक भेषनारायण दाहाल, काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, गुठिसंस्थानका अध्यक्ष ज्यू, एवं अन्य बिशिष्ट अतिथिगणका साथै प्राचिन काठमाडौंका पम्परागत ६३ टोलका प्रतिनिधि नायः(टोलसमाज प्रमुख)हरु लगायत हजारौं भक्तजनहरुकाबिच श्रीको १२ वर्षे देवीनाच पर्व तथा प्रसादग्रहण कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । यसै सन्दर्भमा इन्द्रचोक र नासलचोकमा भएको देवीनाच कार्यक्रमको सम्पूर्ण पुजाखर्च र आवश्यक व्यवस्था मूलधामि लक्ष्मीनारायण महर्जनज्यूले गर्नुभएको हो भने देवीनाच संचालन सम्बन्धि अन्य व्यवस्था संरक्षण सिमितिको सहयोगमा, सम्बन्धित गुठियारहरुको ऋण सहयोगबाट सम्पन्न गरिएको हो । कार्यक्रम देवीनाचका प्रमुख नाइके एवं मूलधामि लक्ष्मीनारायण महर्जनज्यूको प्रमुख नेतृत्वमा सम्पन्न भएको हो।

स्मरण रहोस, गत मिति २०६६ सालमा ‘घंघलासी’बाट प्रारम्भ भएको श्रीको १२ वर्षे देवीनाच पर्व अन्तर्गत देचाहिकेगु (प्राचिन काठमाडौं नगर परिक्रमा) कार्य सम्पन्न भएको थियो। ततपश्चात भिन्न भिन्न मितिमा नरदेवी डबलि, तलेजु भवानि अगाडीको डबलि, कुमारि घरअगाडीको डबलि, ललितपुर दरवार स्क्वायरको कात्तिडबलि, किर्तिपुरको लायकु डबलि, भक्तपुर दरवार स्क्वायरको लायकु डबलि, बनेपाको लायकु डबलि र इन्द्रचोकको डबलिमा विधिवत देवीनाच सम्पन्न भएको थियो ।


 

नासलचोकमा भएको १२ वर्षे देवीनाचका केहि झलकहरुः